NEWS DETAIL

यातायात व्यवसायीको आन्दोलनका कारण देशभरका सार्वजनिक सवारीका साधन चलेका छैनन्

Posted On: August 10, 2012


साउन २६
यातायात व्यवसायीको आन्दोलनका कारण आज देशभरका सार्वजनिक सवारीका साधन चलेका छैनन् । ट्राफिक प्रहरीलाई दिईएको थप अधिकार खारेज हुनुपर्ने, ट्राफिक जरिवानामा कमिशन रकम सम्बन्धि निर्णय खारेज गरिनुपर्ने, यातायात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गरी लागू गर्नुपर्ने, बिमा नीति व्यवहारिक हुनुपर्ने लगायतका १५ बुादे माग राखी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र तीन वटा यातायात मजदुर संगठनले सार्वजनिक गाडी बन्दको आव्हान गरेका हुन् । समस्या समाधानका लागि बिहीबार राती सरकारसंग भएको वार्ता विना निष्कर्ष सकिएपछि आज सवारीका साधन बन्द आव्हान गरेको व्यवसायीहरुले जानकारी दिएका छन् ।सार्वजनिक सवारीका साधन सञ्चालनमा रोक लगाएपनि निजी सवारी साधनलाई भने कुनै रोक नलगाएको व्यवसायीले बताएका छन् । सडकमा सार्वजनिक गाडी नचल्दा काम विशेषले गन्तव्यमा पुग्नुपर्नेहरुलाई समस्या परेको छ ।बिहीबारको बार्तामा सरकारी टोलीले बन्द फिर्ता लिन आग्रह गरेपनि सरकारी पक्ष गृहकार्य नगरी आएको र आफुहरुले राखेका माग बारे सरकारका तर्फबाट स्पष्ट कुरा नआएकोले बन्द गरिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौलाले जानकारी दिनुभयो ।सहमतिको प्रयासमा आज पनि वार्ता हुने सिटौलाले जानकारी दिनुभयो । वार्ताअघि आन्दोलनरत व्यवसायी तथा मजदुर संगठनहरुको छलफल हुने छ ।
 

More National News

Post Comments

PROGRAM ARCHIVE

  • रेडियो त्रिवेणीको नाटक 12-24
  • Triveni Break Through Promo
  • View More

LISTENERS CLUB

Live Video Exclusive Todays On-air Program Todays Horoscope Online Dedication
Copyright Radio Triveni 100.6 MHz 2012. All Rights Reserved

RADIO TRIVENI 100.6 MHz

LIVE STREAM IS POWERED BY SoftNEP

Live Radio
Live Radio